पशुपतिनाथको भेटी चोर्ने पक्राउ
काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोर्ने ८ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका छन् ।
प्रहरीका अनुसार, मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।
परियार पशुपतिमा बाजा बजोउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको जनाइएको छ ।
