चोरी गरेको आरोपमा हेटौंडाबाट एक युवक पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ ७, सोमबार १९:०४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१८ रामधुनीमा एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१८ बस्ने नबिन खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार दिउँसो स्थानीय गोपि थापाको घरको झ्याल फुटाएर कोठाभित्र रहेको दराजबाट नगद ३ लाख, सुन १ तोला, मोबाईल १ थान, हाते घडी थान २ चोरी भएको थियो ।

प्रहरी चौकी ठुलोदमारमा लिखित निबेदन प्राप्त भएपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी कार्य अगाडि बढाउने क्रममा हेटौंडा–१७ हटिया चौकबाट खतिवडालाई शंका लागेर चेकजाँच नगद नेपाली रु १६ हजार ८०० रुपैयाँ, घडि १ थान, मोबाईल २ थान र लागूऔषध ४५ ट्याब्लेट बरामद गरेको थियो ।

खतिवडाको घर खानतलासी गर्दा थप ६४ हजार ८६४ रुपैयाँ, धातुको औठी १ थान, धातुको टिका १ थान, धातुको औठी १ थान र विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवशयक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।