जबरजस्ती करणी गरेको आरोपमा पक्राउ

तु खबर संवाददाता
२०८१ जेष्ठ १, मंगलवार ०८:३१
सांकेतिक तस्बिर

दाङ । दाङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा सोमबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–५ जङग्रहवा बस्ने २० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

यादवले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।