बसको ठक्करबाट महिलाको मृत्यु
काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खुदोबाटोमा सोमबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४६ वर्षीया सविता थापा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बा ४ ख १०४ नम्बरको बसले बागमती प्रदेश ०१ ०२–०५१ प ३८५० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट स्कुटरमा सवार थापा गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त दुर्घटनामा परेर स्कुटर चालक घाइते भएका छन् । घाइते स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
