झण्डै एक करोड रकमसहित दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको दरबारमार्गबाट झण्डै एक करोक रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् ।
दरबारमार्गस्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन । उनीहरुलाई प्रहरीले हुन्डीको ९८ लाख रकमसहित नियन्त्रणमा लिएको हो ।
उक्त घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
