१३ जना भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख २५, मंगलवार १६:४१
सांकेतिक तस्बिर

रूपन्देही । अनलाइन फेयर प्ले बेटिङ साइट जुवा (सट्टावाजी) मा संलग्न रहेको अभियोगमा सोमबार रूपन्देहीबाट १३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत राजस्थान हनुमाननगर मस्तवानी हर्ड पंचायत बस्ने २१ वर्षीय भिम सेन समेत १३ जना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक घरको पहिलो र दोस्रो तला भाडामा लिई अनलाइन फेयर प्ले बेटिङ साइट संचालन गरेको उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप १३ थान, विभिन्न कम्पनीका मोबाइल सेट ३९ थान लगायत अन्य विद्युतीय उपकरण बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।