बेपत्ता बालकको शव फेला

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार १७:१९
File Photo

कास्की । कास्कीको पोखरा महानगरपालिका–१८ खपौदीस्थित हपर्न खोलामा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

मालेपाटन बस्ने १५ वर्षीय सोनम सुवेदीको शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव गोताखोरले निकालेको हो । सँगै पौडी खेल्न गएकाहरूले खबर गरेपछि नम्बर–२४ कालिका गणबाट परिचालित गोताखोरले उनको शव निकालेको जनाइएको छ ।