बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भोजपुर । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार भोजपुरबाट एक जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका–१ खोवाचा बस्ने ३० वर्षीय अमृत मंग्राती रहेको प्रहरीले जनाएको छ ।
उनलाई प्रहरी चौकी कुदाकाउलेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मंग्रातीले ती बालिकालाई वैशाख ११ गते दिउँसो सोही ठाउँस्थित झाडीमा लगेर ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
