१३ जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार १६:०८
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट १३ जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले मोरङ र काठमाडौं जिल्लाको विभिन्न स्थानबाट शनिबार १३ जुवाडेलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–१० प्रतिभा टोल बस्ने प्रेम बहादुर चौहानको घरमा जुवातास खेलिरहेको अवस्थामा चौहान समेत ७ जनालाई नियन्त्रणमा भएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार १ सय १५ रूपैयाँ र ४ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

यस्तै, प्रहरीले काठमाडौं महानगरपालिका–९ बस्ने ५३ वर्षीय उत्तम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ८५ रूपैयाँ र १५ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।