राप्रपा बागमती प्रदेशको संसदीय दलको उपनेतामा तामाङ

तु खबर संवाददाता
२०८१ बैशाख २२, शनिबार ०९:३१

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश, संसदीय दलको उपनेतामा गिरबहादुर तामाङ मनोनीत भएका छन् ।

चितवन–३ (ख) बाट सांसद्मा निर्वाचित तामाङ शुक्रबार उपनेतामा मनोनीत भएका हुन् ।

उनीसँगै राप्रपा बागमती संसदीय दलको रिक्त ३ पदमा सांसदहरू मनोनीन गरिएको छ । जसमध्ये दलको प्रमुख सचेतकमा कुमारी तामाङ र सचेतकमा मनिका श्रेष्ठ मनोनीत भएको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार, प्रमुख सचेतक तामाङ (सिन्धुपाल्चोक) र सचेतक श्रेष्ठ (दोलखा) समानुपातिक कोटाबाट सांसद् बनेका थिए ।