एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा
चितवन । नेकपा एकीकृत समाजवादी पार्टी चितवनको अध्यक्षमा नरेन्द्रकुमार कन्दङ्गवा चयन भएका छन् ।
एकीकृत समाजवादी चितवनको १० औँ जिल्ला अधिवेशनबाट कन्दङ्गवाको अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
पार्टीको बुधबारदेखि सुरु भएको अधिवेशनले बिहीबार राति नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै, समितिको उपाध्यक्षमा ईश्वरी लामिछाने र गङ्गालाल लामा, सचिवमा हेमन्त कँडेल निर्विरोध निर्वाचित भएका छन् ।
