जंगलमा मृत भेटिए अधिवक्ता दाहाल
काठमाडौं । अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा भेटिएका छन् । अधिवक्ता दाहाल काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, ओखलढुंगा घर भई बानेश्वर बस्दै आएका उनी गत शुक्रबारदेखि परिवारसँग सम्पर्कबिहीन भएका थिए ।
अधिवक्ता दाहाल रुखमा पासो लागेको अवस्थामा मृत भेटिएका हुन् । उनको शव निकालेर प्रहरीले पोष्टमार्टम गर्न धुलिखेल अस्पतालमा पठाएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
उनी परिवारसँग बानेश्वरमा बस्दै आएका थिए ।
