इलाम–२ मा २१८०० मत गन्दा सुहाङ नेम्वाङ अगाडि
इलाम । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ अगाडि रहेका छन् ।
२१ हजार ८१० मत गन्दा एमाले उम्मेदवार नेम्वाङले अग्रता कायमै राखेका हुन् ।
सुहाङले ८ हजार ८९८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ६ हजार २८० मत प्राप्त गरे ।
नेम्वाङले खड्कालाई २ हजार ६१८ को मतान्तरले लिड गरिरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत, रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत प्राप्त गरेका छन् ।
