इलाम-२ मा ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकको निर्णय

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार १०:२५

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकारी केशव घिमिरेका अनुसार, सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरूको सहभागीता रहेको थियो ।

मतगणना इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा हुनेछ ।

इलाम–२ मा शनिबार भएको मतदानमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो ।