प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार ०९:५८
सांकेतिक तस्बिर

झापा । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडास्थित हुलाकी राजमार्गबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलम रहेका छन् । उनलाई प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १० प ५६४२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट लागूऔषध ब्राउन सुगर १६ ग्राम र नगद रु ११ हजार फेला परेकोले निजलाई पक्राउ गरिएको हो ।

बरामद लागूऔषधसहित नियन्त्रणमा लिएका आलम मोटरसाइकल चालक हुन् । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।