इलाम–२ उपनिर्वाचनः सर्वदलीय बैठक सुरु

तु खबर संवाददाता
२०८१ बैशाख १६, आईतवार ०८:४४

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा सर्वदलीय बैठक सुरु भएको छ । इलाम–२ मा मतगणना अघि सर्वदलीय बैठक बसेको हो ।

बैठक इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको हो । बैठक सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरू पनि सहभागी छन् ।

इलाम–२ उपनिर्वाचनमा कुल मत ६९ हजार ४२१ मत खसेको थियो ।