लडेर गम्भीर घाइते भएका मकवानपुरका थिङको मृत्यु
मकवानपुर । लडेर गम्भीर घाइते भएका मकवानपुरका इमान सिङ थिङको मृत्यु भएको छ ।
जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ४ पञ्चमी बस्ने ४१ वर्षीय थिङको उपचारको क्रममा आज बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, वैशाख ११ गते ६ बजेको समयमा गाँउ तर्फबाट घरतर्फ फर्कँदै गरेका थिङ अचानक बाटोमा लडी गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई आफन्तहरुले उपचारको लागि वैशाख १२ गते बुधबार दिउँसो चितवनको सरकारी अस्पताल भरतपुरमा लगिएको थियो । टाउकोमा गहिरो चोट लागेका उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मनहरीले जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी कानूनी प्रकृया तथा पोस्टमार्टमको सम्पूर्ण कार्य सम्पन्न गरी थिङको शव आफन्तलाई बुझाइसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।
