अपहरणमा परेका थापाको सर्लाहीबाट उद्दार, ५ जना पक्राउ
धनुषा । धनुषाबाट अपहरणमा परेका इन्स्योरेन्समा काम गर्ने एक व्यक्तिको उद्दार गरिएको छ ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले सर्लाहीबाट उद्दार गरेको हो ।
प्रहरीले उक्त घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको सप्तकोशी १ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार ६ का शंकर लामा र गोलबगार नगरपालिका–२ का अरुण कुमार लामा रहेका छन् ।
प्रहरीका अनुसार, मंगलबार दिउँसो मिथिला नगरपालिका–६ बाट थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा पीडितलाई भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट उद्दार गरी घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो ।
पीडित थापा इन्स्योरेन्स कम्पनीका कार्यरत रहेको र लेनदेनको विवादकै कारण आरोपीहरूले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा लगिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको छ ।
