भरूवा बन्दुकसहित एक जना पक्राउ
नवलपरासी । नवलपरासी पूर्वबाट भरुवा बन्दुकसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बिनयी त्रिबेणी गाउँपालिका–३ सुनई बस्ने ३६ वर्षीय तारा बहादुर चिडीलाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरेको जनाएकोछ ।
उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनको घर तलासी गर्दा उक्त बन्दुक फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
