चार जुवाडे प्रहरीको नियन्त्रणमा
कास्की । पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पोखरा महानगरपालिका–१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिकसमेत चार जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक तास बरामद गरेको छ ।
नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
