दाईको हत्या गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ८, शनिबार १०:२३

संखुवासभा । संखुवासभामा आफ्नै दाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका–३ एथुम्बु बस्ने ३८ वर्षीय प्रविन राई रहेका छन् ।

उनलाई आफ्नै दाई ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।