छोरीको हत्या गरेको अभियोगमा बाबु पक्राउ
रूपन्देही । आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले रुपन्देहीमा बिहीबार एक जनालाई पक्राउ गरेको छ ।
१७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका–५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नारायणलाई इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, नारायणले बुटवल उपमहानगरपालिका–४ लुम्बिनीस्थित मालिका होटल एण्ड लजमा फलामको रडले टाउकोमा प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो ।
पक्राउ परेका नारायणमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
