भरूवा बन्दुकसहित युवक पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:२६

काभ्रे । काभ्रेबाट प्रहरीले गएराति एक नाल भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको महाभारत गाउँपालिका–७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलान रहेका छन् ।

घलानलाई इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी भरूवा बन्दुक देखाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।