२४ लाखभन्दा बढीको सामान बरामद
रौतहट । प्रहरी गस्ती टोलीले रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बराबरको लताकपडा, किराना खाद्यन्न, पशु चौपाया र बनबाट ल्याएको अवैध काठ बरामद गरिएको हो ।
बरामद सामान सवारी साधनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा सोमबार साँझ बुझाएको जनाइएको छ ।
