आज ७ वटा संसदीय समितिको बैठक बस्ने
काठमाडौं । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे र बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्ने भएको छ ।
यस्तै, बिहान ११ बजे नै अर्थ समितिको बैठक, बिहान ११ बजे नै महिला तथा सामाजिक मामिला समितिको बैठक र मध्यान्ह साढे १२ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने जनाइएको छ ।
यसैगरी, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक र बिहान साढे ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्नेछ ।
