ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा गएराति तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
ट्यांकरको ठक्करबाट जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, सोमबार राति पौने ११ बजेको समयमा ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्यांकरले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिँदा परियार गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
