वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने

तु खबर संवाददाता
२०८१ बैशाख २, आईतवार १७:५३

काठमाडौं । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो ।

सो कार्यक्रममा खोप लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

साथै मन्त्रालयले नियमित खोप लगाउन नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह छ ।

खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।