दुई वटा संसदीय समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०८० चैत्र ३०, शुक्रबार १०:२१
file-photo

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

जसअन्तर्गत बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । सो बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । उक्त बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने जनाइएको छ ।