अवैध लागूऔषधसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित आइतबार देशको विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र झापा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ५० मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका–५ बस्ने २३ वर्षीय धिरज कुमार साह रहेका छन् ।
उनीहरुलाई प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको पक्राउ गरेको हो । प्रहरीले बा.प्र ०३–००१ ख.२७२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनको साथबाट सो परिमाणको खैरो हेरोइन बरामद भएपनि निजलाई पक्राउ गरेको जनाएको छ ।
यसैगरी, प्रहरीले आइतबार नै झापाको गौरीगंज गाउँपालिका–५ भतेपुरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–४ स्कुलचन घर भई दमक नगरपालिका–७ ओम मेची बस्ने २८ वर्षीय बिक्रम बर्देवा रहेका छन् ।
इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
