अवैध लागूऔषधसहित सात जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको छ । प्रहरीले बैतडी, सुनसरी, झापा, मोरङ र बर्दिया जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बैतडीको दशरथचन्द नगरपालिका–८ झुलाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–५ बस्ने २२ वर्षीय विरेन्द्र रावल रहेका छन् । सिमा प्रहरी चौकी झूलाघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–८ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध खैरो हेरोईन ५ सय ५८ मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१७ पकली बस्ने १९ वर्षीय सनवाज महमद रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, झापाको झापा गाउँपालिका–१ लसुनाबाट अवैध लागूऔषध ब्राउन सुगर १९ ग्राम १ सय ७० मिलिग्रामसहित शनिबार दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १७ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बस्ने २१ वर्षीय समिर बस्नेत र २९ वर्षीय प्रकास बिस्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउन सुगर २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–४ तुलापुर बस्ने २१ वर्षीय युवराज वली क्षेत्री र ३० वर्षीय कृष्ण बहादुर वली रहेका छन् । प्रहरी चौकी मोहम्मदपुरबाट खटिएको प्रहरीले भारतको लौकाही बोर्डरबाट गणेशपुरतर्फ पैदल आउँदै गरेका युवराजलाई २ सय ३० मिलिग्राम र कृष्णलाई ३० मिलिग्राम उक्त लागूऔषधहित फेला पारी पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
