जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार १६:४९
सांकेतिक तस्बिर

खोटाङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले खोटाङबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

प्रहरीले दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

उनलाई प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेका थिए ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।