१२ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका फरार प्रतिवादी

तु खबर संवाददाता
२०८० चैत्र २३, शुक्रबार ०८:५७

काठमाडौं । ज्यानसम्बन्धी कसुरका फरार एक प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–४ घर भएका सौरभ तामाङ रहेका छन् ।

उनलाई झापाको काँकडभिट्टा बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, २०६८ सालमा अरुण गाउँपालिका–४ बस्ने सिताराम राईको हत्या गरेको मुद्दामा भोजपुर जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो । २०७७ फागुनमा फैसला भएपछि उनी फरार थिए ।

उक्त घटनामा संलग्न अरु दुई जना भने अझै फरार छन् । उनीहरुको खोजी कार्य गर्नुका साथै पक्राउ परेका तामाङमाथि आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको छ ।