श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २२, बिहीबार १६:४७

झापा । झापामा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

३२ वर्षीया मोमसरी राजबंशीको हत्या गरेको अभियोगमा बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बस्ने ३३ वर्षीय देब नारायण राजबंशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी विवादका कारण देब नरायणले मोमसरीलाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट मोमसरीको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।