बालिकालाई वेश्यावृत्तिमा लगाउने पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरका संचालक उदयपुरका २३ वर्षीय नवीनकुमार मगर रहेका छन् ।
१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने मगरलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार, मगरले ती बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको खुलेको छ ।
प्रहरीले पक्राउ परेका मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएको जनाएको छ ।
