चार जना जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १७:११

काठमाडौं । प्रहरीले काठमाडौंबाट आइतबार दिउँसो चार जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१० कपन रुद्रमतीचोक डेरा गरी बस्ने सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–२ घर भएका ४३ वर्षीय रिन्जीङ भन्ने कान्छा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ३१ हजार रूपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।