अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ
रुपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्रामसहित गडहवा गाउँपालिका–३ बस्ने २३ वर्षीय रियाजुदिन मुसलमानलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
