स्रोत नखुलेको साढे २७ लाख रूपैयाँसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १९, सोमबार १६:२१

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँसहित आइतबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका–९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि प्रहरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।