स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपइलिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको अवैध रकमसहित प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नगद १८ लाख ५० हजार रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई पक्राउ गरेको थियो ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेलाई पनि पक्राउ गरेको छ ।
उक्त रकमकाठमाडौं पुर्याइदिनू भन्दै श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुबै जनामाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
