इलाम–२ः उपनिर्वाचनको लागि आज उम्मेदवार टुंग्याउँदै रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनको उम्मेदवार आज टुंग्याउने भएको छ ।
त्यसको लागि पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले आकांक्षी ६ जनालाई पार्टी कार्यालय बनस्थली बोलाएर छलफल गरिरहेका छन् ।
रास्वपामा इलाम– २ को उपनिर्वाचनका लागि गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा.शेषरमण न्यौपानेको उम्मेदवारी परेको थियो ।
रास्वपाले उनीहरू मध्येबाट एक जनालाई उम्मेदवार बनाउने छ ।
एमाले नेता सुवास नेम्वाङ निधन भएपछि इलाम क्षेत्र नम्बर २ मा सो पदका लागि आगामी वैशाख १५, २०८१ मा उपनिर्वाचन हुँदैछ ।
