राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १५:२९

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।

अर्यालले बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीना पत्र बुझाएकी हुन् ।

सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।

माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा पत्र बुझाएकी हुन् ।