एमाले बागमती प्रदेश कमिटीको बैठक सम्पन्न

तु खबर संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:१२
file-photo

काठमाडौं । । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सकिएको हो ।

प्रदेश कमिटी बैठकको उद्घाटन मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

बैठकले जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको सङ्कल्पलाई साकार पार्न जोडदार माग गरेको छ ।

संस्थागत भ्रष्टाचार, बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि एमाले बागमतीले सरकारसँग माग गरेको छ ।

त्यस्तै, युवा पलायन रोक्न, मकै धानलगायत तरकारी खेती गर्ने किसानहरूका लागि रासायनिक मल तत्काल किसानको पहुँचमा पुर्याउन पनि एमालेले सरकारसँग माग गरेको छ ।