एमाले निकट अनेरास्ववियुकी नेता रक्षा बम प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार १७:०१

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

बमलाई आपराधिक लाभको कसुरमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका उनलाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार, मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो ।