४ जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको काठमाडौं, धनुषा, पाल्पा र सर्लाही जिल्लाको विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा एक पुरुष मृत फेला परेका छन् । सप्तरी राजगढ गाउँपालिका–२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय बैभव सिंह मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, धनुषाको धनुषाधाम नगरपालिका–५ पर्वता बस्ने राज किशोर महतोकी छोरी १२ वर्षीय राधिका महतो मृत अवस्थामा भेटिएकी छन् । उनी आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाको थप अनुन्धानको लागि मृतकको कान्छी आमा र हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्यास्थित लप्सीखोला बस्ने दल बहादुर सुनारकी छोरी १८ वर्षीया पदमा सुनार मृत अवस्थामा फेला परेकी छन् । उनी सोही ठाउँस्थित खरबारीमा मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–३ बिनगरास्थित पोखरीमा ५ वर्षीय बालक मृत फेला परेका छन् । सोही नगरपालिका–६ जमुनिया बस्ने बिजय रायको छोरा ५ वर्षीय कृष्ण कुमार राय मृत अवस्थामा फेला परेका हुन् ।
ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेकोप्रहरीले जनाएको छ ।
