जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार १०:०९

मोरङ । मोरङमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको ग्रामथान गाउँपालिका–६ झौवाबनी बस्ने ५५ वर्षीय सन्तलाल धामी रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ती महिलालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।