राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ । सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको लागि कार्यक्रम स्थगित गरेको हो ।
शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त कार्यक्रम स्थगित गरेकी हुन् ।
आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाइने गरी यो वर्ष उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेकी हुन् ।
कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालन पर्दछ । ती सबै कार्यक्रमका लागि स्थानीय तहमा बजेट पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।