असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रूपमा मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको बताइन् ।