आज राज्य व्यवस्था समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र १४, बुधबार ०८:३७

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनेछन् ।

गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न गृहमन्त्री लामिछानेलाई छलफलमा बोलाएको उनका सचिवालय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।