अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार १६:१३
सांकेतिक तस्बिर

सुर्खेत । प्रहरीले सुर्खेतबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोमबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ डेरा गरी बस्ने बराहताल गाउँपालिका–१ घर भएका १९ वर्षीय रबिन्द्र सलामी रहेका छन् ।

उनलाई लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।