कर्णाली पुलबाट हाम फालेका युवक अझै बेपत्ता

तु खबर संवाददाता
२०८० चैत्र १३, मंगलवार ०९:१५
file-photo

काठमाडौं । कर्णाली पुलबाट हाम फाल्दा युवक अझै बेपत्ता भएका छन् । लम्कीचुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार, सोमबार कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ १७ जना हाम फालेका थिए । तीमध्ये लोकेन्द्र बेपत्ता भएका हुन् ।

बेपत्ता उनको खोजी गर्न गोताखोर परिचालन गर्ने तयारी गरिएको र त्यसको लागि सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

हाल इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोलीले खोजी कार्य गरिरहेको छ ।