५ जना बंगलादेशी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र १२, सोमबार १७:४५
file-photo

काठमाडौं । भिसाको अवधि सकिएपछि पनि नेपाल बसिरहेका ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २६ वर्षीय एमडी रिफात अहमद, २३ वर्षीय एमडी अब्दुलला, ४५ वर्षीय समसुल होडा, ३० वर्षीय अब्दुस विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा रहेका छन् ।

पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।